६ श्रावण २०८१, आइतबार । July 22, 2024

मुख्य खबर

राजनीतिक गतिरोधको अन्त्य छिट्टै हुन्छ : रक्षामन्त्री खाँण



दाङ, १२ माघ । रक्षामन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमा राजनीतिक गतिरोधको अन्त्य गरिने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा गरेको साक्षात्कारमा दल अन्तिम समयमा आएर मिल्ने विगत सम्झाउँदै मन्त्री खाँणले वर्तमान राजनीतिक दलको सहमतिमा निकास चाँडै निस्कने दाबी गरे । वर्तमान गतिरोधको निकास र मुलुकको विकास अगाडि बढाउनका लागि वर्तमान सरकार गठन भएको उनको कथन थियो
सीमाङ्कनको सवालमा खाँणले प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई सँगै राख्न आवश्यक रहेको बताउँदै आफ्नो सरोकार प्रादेशिक राजधानीसँग नभई लुम्बिनीको दूर भविश्यको चिन्ता मात्रै रहेको धारणा राखे ।
रक्षामन्त्री खाँणले नेपाली सेनाले सीमाको रक्षाका साथै नेपालको परिवर्तनलाई आत्मसात गरी अगाडि बढेको भन्दै देशको विकासमा समेत नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे ।

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००