१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

अर्थ

नेप्से निरन्तर ओरालो



Nepseee

काठमाडौँ, १२ माघ । केही दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा आज पनि उच्च गिरावट आएको छ ।
आज नेप्से परिसूचक ३६ दशमलव ३८ अङ्कले घट्दा कारोबार रकम दोब्बरले बढेर रु ५९ करोड पुगेको छ । निरन्तरको ओरालो पछि नेप्से एक हजार ३ सय ९६ बिन्दुमा आइपुगेको छ ।
नेप्से परिसूचक मङ्गलबार २५ अङ्कले ओरालो लागेर एक हजार ४ सय ३३ बिन्दुमा आइपुगेको थियो ।
बजारमा उत्पादनमूलकबाहेक सबै समूहका परिसूचक नकारात्मक छन् । जसमा सबैभन्दा बढी बिमा समूह २ सय ६७ अङ्कले घटेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समूहको परिसूचक ३६ अङ्कले घटेको छ भने विकास बैंक समूह २९ अङ्कले ओरालो लागेको छ ।
यस्तै होटल समूह ५८ अङ्कले ओरालो लाग्दा फाइनान्स समूह २४ अङ्कले घट्न पुगेको छ । बजारमा जलविद्युत् समूहको परिसूचक पनि ५१ अङ्कले ओरालो लागेको छ ।
दिनभर कुल १ सय ३५ कम्पनीको १७ लाख कित्ता सेयर खरिद बिक्री भएका छन् । आज पनि बजारमा सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोबार भएको छ । रासस

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००