१२ बैशाख २०८१, बुधबार । April 24, 2024

ग्लोबल

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतमा उच्च सुरक्षा सतर्कता



indian-flag-photos-hd-wallpapers-download-freeनयाँदिल्ली, १२ माघ । भारतमा बिहीबार गणतन्त्र दिवस मनाइने भएकाले बुधबारदेखि नै उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

गणतन्त्र दिवसका अवसरमा हुने विभिन्न कार्यक्रमहरुमा हिंसात्मक गतिविधि हुन सक्ने आशङ्का गर्दै सुरक्षा सतर्कता बढाइएको अधिकारीहरुले जनाएका छन् ।

राजधानी नयाँदिल्लीसहित देशका अन्य ठाउँहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको उनीहरुको भनाइ छ ।

“हामीले गणतन्त्र दिवस समारोहलाई शान्तिपूर्वक सम्पन्न गर्नका लागि सबै सुरक्षा उपाय अपनाएका छौँ, कुनै हिंसात्मक गतिविधि हुने छैन भन्ने हाम्रो विश्वास छ” – दिल्ली प्रहरीका एक अधिकृतले भने ।

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००