१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

खेलकुद

आयोजक सहारा फाइनलमा



kf]v/f /+uzfnfdf ;~rflnt kGwf}+ ;+:s/0fsf] cfxf/f/f uf]N8sk k'm6an k|ltof]lutfsf] klxnf] ;]ldkmfO{gn v]ndf cfof]hs ;xf/f Snj kf]v/f / ljefuLP l6d lqe'jg cfdL{ Snj k|ltikwf{ ub}{  . tl:a/ M xl/ jf:t]fnf, kf]v/f, /f;;

पोखरा, १२ माघ । पोखरा रङ्गशालामा सञ्चालित पन्ध्रौ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा प्रवेश गरेको छ ।

सहाराले ४–३ गोलको अन्तरले विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको हो ।

निर्धारित एवम् अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेला ट्राइबेकर धकेलिएको थियो । सहारा क्लव पोखराका तर्पmबाट सुसन गुरुङ, शिव सुवेदी, प्रदीप गुरुङ र कप्तान उत्तम गुरुङले गोल गरेका थिए भने लक्ष्मण जिसीले प्रहार गरेको पेनाल्टी आर्मीका गोलरक्षक विकास कुथुले छेकेका थिए ।

प्रतियोगतामा त्रिभुवन आर्मी क्लवका तर्पmबाट जितेन्द्र कार्की, सन्तोष तामाङ र दीपकुमार लामा गोल गर्न सफल भए । दीपक गुरुङ र गोलरक्षक विकास कुथुले गोल गर्न नसकेपछि आर्मीले हार बेहोर्न बाध्य भयो ।

भोलि दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङदी क्लव र सङ्कटा क्लवबीच हुनेछ ।

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००