८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

राष्ट्रलाई नै तरङ्गित पार्ने चार विधेयक ल्याउँछु : मन्त्री खड्का



पोखरा, १२ माघ । महिला, बालबालिका एवम् समाज कल्याणमन्त्री कुमार खड्काले राष्ट्रलाई नै तरङ्गित पार्ने चार विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री खड्काले अखण्ड नेपाल पार्टी कास्कीद्वारा आफ्नो सम्मानमा आयोजित कार्यक्रममा छोराछोरीबाट अपहेलित बन्दै बाबुआमा वृद्धाश्रममा गएर बस्नुपरेको घटना बढ्दै गएकाले अब तिनका छोराछोरीले कमाएको सम्पत्तिमा राज्यले कर लगाउने र असुल गरेको कर बाबुआमाको खातामा लगेर जम्मा गरिदिने व्यवस्था लगायतका विधेयक संसद्मा लगिने जानकारी गराए ।

उनको प्रश्न थियो – “बाबुआमाले कमाएको अंशमा छोराछोरीको हक लाग्ने तर छोराछोरीले कमाएको सम्पत्तिमा वृद्धवृद्धा बाबुआमाको हक किन नलाग्ने ”

उहाँ अखण्ड नेपाल पार्टीका अध्यक्ष हुनुहुन्छ । मन्त्री खड्काले आजै यहाँस्थित महिला तथा बालबालिका कार्यालयको निरीक्षण गरेका छन् ।

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००