१२ श्रावण २०८१, शनिबार । July 27, 2024

प्रोफाइल

नेपाली कम्यूनिष्ट दर्शनका गुरु: कृष्णदास



Krishna das

बि.स.१९८८ असोजको नवमीमा काठमाण्डौको नरदेबीस्थित निम्न मध्यमबर्गीय परिवारमा जन्मनु भएका क.कृष्णदास श्रेष्ठ नेपालको कम्यूनिष्ट र जनबादी आन्दोलनका एक सुपरिचित ब्यक्तित्व हुनुहून्छ । उहाँले नेपाली कम्यूनिष्ट पार्टीमा संङ्गठित भइ कम्यूनिष्ट आन्दोलनका लागि जीवनका छ दशक भन्दा बढी अबधि सर्वहारा बर्ग,क्रान्ति र मुक्ति प्रति सर्मपित गर्नू भएको छ ।

कम्यूनिष्ट पार्टीको नेता र चिन्तकको रुपमा रहि सकृय हूदै आउनू भएका क.कृष्णदास श्रेष्ठ नेपालको क्रान्तिकारी कम्यूनिष्ट आन्दोलनका एउटा अगुवा हुनूहून्छ ।अविभाजित नेपाल कम्यूनिष्ट पार्टीबाट कम्यूनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु नेपाल माक्र्सबादी लेनिनबादी पार्टी,ने.क.पा –माओबादी र एमाओबादी हुदै ने.क.पा.– क्रान्तिकारी माओबादीमा केन्द्रिय सल्लाहकार समितिको अध्यक्ष भई वहाँले नेपालको कम्यूनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्नु भएको छ । वहाँ गण्डक सम्झौतादेखि बिप्पा सम्झौतासम्मका राष्ट्रघाती सन्धि सम्झौता तथा पन्चायती निरङ्कूशता ,सामन्तबाद ,साम्राज्यबाद,बिस्तारबाद,संसोधनवाद एबंम राष्ट्रिय आत्मसमर्पणवादर बर्गीय आत्मसर्मपणबाद का बिरुद्ध भएका राजनीतिक एबम् बैचारीक सङघर्षका पक्षमा निरन्तर सक्रिय रहदै आउनु भएको छ । सर्बहारा बर्ग,बर्गसङ्घर्ष ,राष्ट्रिय स्वाधिनता, सर्बहारा क्रान्ति, बर्ग प्रतिबद्धता र जनमुक्ति प्रतिको अटुट आस्था श्रेष्ठका जीबनका अनूकरणीय गुण हुन् । कम्यूनिष्टको आर्दश भनेकै बैयत्तिकताप्रतिको निर्लिप्तता, क्रान्तिकारी सिद्धान्त,सर्बहारा क्रान्ति,सर्बहाराबर्गको मुक्तिप्रति अचल निष्ठा तथा आस्थाका सााथ मूक्ति र परिबर्तनका खातिर सङ्घर्षशीलता हो भन्ने कुराको साक्ष्य क. कृष्णदास श्रेष्ठको जीवन रहेको छ ।

क.कृष्णदास श्रेष्ठको अर्को पाटो चिन्तक, बिचारक र माक्र्सबादी लेखकस्रष्टाको ब्यक्तित्व हो । कम्यूनिष्ट आन्दोलनलाइ सच्चा माक्सवादी धरातलमा उभ्याउनका लागि भइआएको सङघर्षमा वहाँको क्रान्तिकारी माक्र्सबादी चिन्तनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वहाँद्धारा रचित दर्जनौ मौलिक माक्र्सबादी कृतिहरु र दर्जनौ अनुदित माक्र्सबादी दर्शन साहित्यका रचनाहरु छन् । कार्लमाक्सःब्यक्तित्व र कृतित्व, ऐतिहासिक भौतिकबाद ,अतिरिक्त मूल्यको सिद्धान्त,द्धन्द्धबाद र द्धन्द्धात्मक प्रबर्गहरु ,माक्र्सबाद चिनारी पूस्तकमाला , कम्यूनिष्ट घोषणापत्र ः परिचयात्मक र ब्यङगात्मक टिप्पणी , माक्र्सबादी दर्शन सम्बन्धी निबन्धहरु जस्ता माक्र्सबादी दर्शनका बिभिन्न घटकहरुबारे सुसङ्गत रुपले लेखिएका उत्कृष्ट कृतिहरु छन् ।

त्यसैगरी वहाँले कम्यूनिष्ट घोषणापत्र, सोभित संघको कम्यूनिष्ट पार्टी (बो) को इतिहास, सम्पत्तिको बिकास , माओ त्से तुङका चुनिएका रचनाहरु (भाग–१), लेनिनवादका आधारहरु, माक्र्सबाद र जातिय सवाल लगायत माक्र्सवादका महान् उत्कृष्ष्ट कृतिहरु अनूबाद गर्नु भएको छ । नेपालको कम्यूनिष्ट आन्दोलन र बर्गसङघर्षमा लाग्नेहरुलाइ सैद्धान्तिक रुपमा प्रशिक्षित गर्नमा उहाँले योगदान पु¥याउनु भएको छ । माक्र्सवादी दर्शन सम्बन्धी अस्पष्टता र कमीकै कारण कम्यूनिष्ट आन्दोलनमा समय समयमा विचलनवाद, संसोधनवाद जस्ता विचलन र पथभष्ट्रता क्षरण हुने गरेको निष्कर्ष उहाँका कृतिमा पाइन्छ । क्रान्तिकारी दृष्ट्रिकोण नभइकन सच्चा क्रान्तिकारी बन्न सकिदैन । समाजमा आमूल परिबर्तन ल्याउने सङ्घर्षमा योग्य र सर्मथवान जोधाहा बन्ने हो भने प्रत्येक कार्यकर्ताले आफ्ना दिमागलाइ क्रान्तिकरण गर्नै पर्छ ।

अर्थात उसले क्रान्तिकारी दृष्ट्रिकोण ग्रहण गर्न सक्नु पर्छ । यस्तो दृष्ट्रिकोणले मात्र उसले स्पष्ट दिशा र दूरदर्शिता प्राप्त गर्न सक्छ भन्ने क. कृष्णदास श्रेष्ठ नेपालको बर्गसङ्घर्ष, क्रान्ति र आन्दोलनका निम्ति प्रेरणास्पद कम्यूनिष्ट हुनु हुन्छ । सर्वहारा वर्गको मूक्ति सङ्घर्षमा कुनै न कुनै रुपमा संलग्न हुनु र त्यसप्रति प्रतिबद्ध रहनु जीबनलाई क्रृयाशिल गराउनु , सर्बहारा वर्गबिरोधी प्रति प्रतिरोधी रहनु नै जीबनको सार्थकता हुने कुरा वहाँका दर्शन तथा साहित्यिक कृतिको अन्तर्य हो ।

मानव मूिक्तको महान् तथा उच्च लक्ष्यमा सम्पूर्ण जीवन सर्मपण गर्नु नै जीबनको सार्थकता रहेको कुरालाई आत्मसाथ गरी कम्यूनिष्ट आदर्श र सर्बहारावर्गीय उदात्तताको पक्षमा उभिनु भएका क.श्रेष्ठ क्रान्तिकारी कम्यूनिष्ट र बर्गसङ्घर्षका पक्षमा लाग्ने मानिसहरुका निम्ति आदर्श हुनु हुन्छ ।

स्रोत; http://krishnadasfoundation.org

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००