९ बैशाख २०८१, आइतबार । April 21, 2024

Uncategorized

रहेनन् ‘तिरिरी मुरली बज्यो’ का गायक तथा संगीतकार पन्नाकाजी



panna kaji

काठमाडौं, १२ माघ । वरिष्ठ गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान साढे ५ बजे ताहाचलस्थित निवासमै निधन भएको हो ।

उनको ‘तिरिरी मुरली बज्यो वनैमा’ ‘किन–किन तिम्रो तस्बिर‘ र ‘लोलाएका ती तिम्रा आँखा’ जस्ता गीत चर्चित छ । वि.स. १९८८ पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका थिए ।
पन्नाकाजी २००७ बाटै रेडियो नेपाल प्रवेश गरेका थिए । उनले त्यहाँ २०४० सालसम्म काम गरेका थिए । उनका आधुनिक, राष्ट्रियगीत, नेपाल भाषाका गीत र भजन गरी ४ सय बढी गीत रेकर्ड भएका छन् । पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् । उनको बुधबार नै टेकुदोभानमा अन्तिम दाहसंस्कार गरिने छ ।

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००