११ आश्विन २०८०, बिहिबार । September 28, 2023

Slider samachar

इटालीको हिमपहिरोमा ज्यान गुमाउनेको सङ्ख्या पन्ध्र पुग्यो



Italiफ्लोरिडा, इटाली। इटालीमा केही दिन पहिले गएको हिम पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबार १५ पुगेको यहाँको आन्सा न्युज एजेन्सीले जनाएको छ । बेपत्ता १४ जनाको उद्धारका लागि हेलिकोप्टर र स्किङ्ग समूहहरु निरन्तर खटिरहेका बताइएको छ ।

उद्धारमा सहभागी समूहलाई उद्धृत गर्दै आन्साले भनेको छ, “उद्धार टोलीले छ दिनदेखि अनवरत रुपमा हराएका मानिसको खोजी गरिरहे पनि उनीहरु पत्ता नलागेको साथै घटना भएको छ दिन भइसकेकाले अब उनीहरु जीवित पाइने सम्भावना क्षीण बनेको छ ।”

मध्य इटालीको अब्रुजो क्षेत्रमा रहेको एकतारे होटल हिमपहिरोले पुर्दा धेरै मानिसको मृत्यु हुनुका साथै अझै कैयौँ होटल कर्मचारी बेपत्ता रहेका छन् । उक्त घटनामा फसेका नौ जनालाई जीवितै उद्धार गरिएको थियो भने केही उपचारपछि घर फर्किएका छन् । तीन जना स्थानीय अस्पतालमा उपचारारत् छन् ।

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००