६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

अबको मन्त्रिपरिषद्बाट राजदूत नियुक्त



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी अब बस्ने मन्त्रिपरिषद्को बैठकले राजदूत खाली रहेका मुलुकमा राजदूत नियुक्तिको निर्णय गर्ने जानकारी दिएका छन् ।

राजदूत नहुँदा वैदेशिक रोजगारीका समस्या आउँदा थप जटिलता निम्तिएको तर्फ ध्यान दिँदै राजदूत नियुक्ति प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । वर्तमान सरकार गठन भएदेखि नै वैदेशिक रोजगारीमा जाने नेपालीका समस्या समाधान गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखी काम गर्दै आइरहेको प्रधानमन्त्रीले बताए ।

पत्रकारसम्मेलनमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले मलेसिया जाने नेपाली कामदारबाट अवैधानिक रुपमा केही सङ्घसंस्थाले रकम उठाइरहेको विषयमा मलेसिया सरकारसँग कुरा भइरहेको जानकारी दिनुभयो । यसरी रकम उठाउनेलाई कारबाहीको प्रक्रियासमेत अगाडि बढाइएको उनीले जानकारी दिए ।

पत्रकारसम्मेलनमा श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ, मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलगायतको उपस्थिति थियो ।

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००