७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



काभ्रे, ११ माघ । मंगलबार साझ उग्रचन्डी नाला–१ मा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा सवार २२ वर्षीय राजीववादे श्रेष्ठ एक्कासि आएर पोलमा ठोक्किएपछि करिब पाँच मिटर तल खसेका थिए । तत्कालै उनलाई बनेपास्थित शीर मेमोरियल अस्पताल लगिएको थियो ।

दुर्घटनामा घाइते भएका श्रेष्ठलाई अस्पताल लगिएको केही समयमै मृत्यु भएको बनेपा प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००