१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

मुख्य खबर

निर्वाचनको तयारीमा लाग्न काँग्रेस कार्यकर्तालाई सभापति देउवाको निर्देशन



g]sf ;efklt b]pjf ;flns cgfj/0f g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf dªunaf/ g]kfnuGhsf] ;'v]{t ;8sv08df :yflkt nf}xk'?if u0f]zdfg l;+xsf] k"0f{ sbsf] ;flns cgfj/0fkl5 ;Daf]wg ub}{ . tl:a/ M gL/h uf}td, /f;;

कोहलपुर, ११ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचनका लागि तयारी गर्न नेपाली काँग्रेस बाँकेलाई निर्देशन दिएका छन्।

नेपाली काँग्रेसका सर्वमान्य नेता तथा लौहपुरुष स्वर्गीय गणेशमान सिंहको पूर्ण कदको सालिक अनावरण गर्न बाँके आउनुभएका काँग्रेस सभापति देउवाले नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाँकेले गरेको बैठकमा यस्तो निर्देशन दिएका हुन ।

उनीले भने, “स्थानीय निकाय, प्रदेश सभा र केन्द्रको निर्वाचन हुन्छ, तपाइँहरु त्यसका लागि अहिलेबाट नै तयारी गर्नुस् ।” “पार्टी एक ढिक्का भए मात्रै निर्वाचन जित्न सकिन्छ, गुटबन्दी नगर्नुस् चुनाव जित्नेले टिकट पाउँछ त्योभन्दा अगाडि पार्टीलाई एक ढिक्का बनाएर निर्वाचनको तयारीमा लाग्नुस्”, भनेर निर्देशन दिएको नेपाली काँग्रेसका सचिव तत्व पौडेलले जानकारी गराए ।

काँग्रेसका जिल्ला, क्षेत्र, महाधिवेशन प्रतिनिधि, सांसदलगायत अग्रज नेता कार्यकर्तासहित बसेको बैठकमा सभापति कोइरालाले नेपाली काँग्रेसको विधिविधानसहित काम गर्न सबैलाई आग्रह गर्दै जनमुखी सवालको नेतृत्व र विकास निर्माणको नेतृत्व गर्न निर्देशन दिएका थिए ।

बैठकमा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले काँग्रेसको साङ्गठनिक अवस्थाका विषयमा सभापति देउवालाई अवगत गराएका थिए ।

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००