७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

ग्लोबल

सिरिया शान्ति वार्ताका लागि त्रिदेशीय संयन्त्र बनाइने



अस्ताना (काजकिस्तान), ११ माघ । द्वन्द्वग्रस्त सिरियामा शान्ति स्थापनार्थ रसिया, टर्कीको पहलमा गरिएको युद्धबिराम सम्झौतापछिको वार्ता प्रक्रियालाई अगाडि बढाउन त्रिदेशीय संयन्त्र गठन गरी शान्ति वार्ताको अनुगमन गर्ने सहमति भएको छ ।

सिरिया द्वन्द्व अन्त्यका लागि मङ्गलबार भएको संयन्त्र गठन गर्ने सहमति भएको र रसिया, टर्की र इरानी प्रतिनिधि सम्मिलित संयन्त्रले सिरियाली राष्ट्रपति बसर अल असद प्रशासन र विद्रोहीबीच हुने वार्तालाई सम्झौताअनुरुप अगाडि बढ्न अभिपे्ररित गर्ने सहमति भएको काजकिस्तानका विदेशमन्त्री कैराट अब्द्राखमानोभले एक विज्ञप्ति जारी गरी बताका छन् ।

विदेशमन्त्री अब्द्राखमानोभका अनुसार वार्तालाई संयन्त्रले अनुगमन गर्ने र सकेसम्म छिटो टुङ्ग्याउन सरकार तथा विद्रोही पक्षलाई अभिप्रेरित गर्नेछ ।

सिरियाली सरकार र विद्रोहीवीच भएको युद्धविराम सम्झौता अनुरुप अस्तानास्थित एक होटलमा जनवरी २३ (सोमबार) देखि वार्ता शुरु भएको हो ।

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००