७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

Life Style

धरमपुरलाई पुर्णखोप युक्त गाविस घोषणा



Helth jhapaदमक, ११ माघ । झापाको धरमपुर २२ औ पुर्णखोप युक्त सुनिश्चित गाविस घोषणा भएको छ । मंगलबार गाविस कार्यालयको प्रांगणमा आयोजित कार्यक्रममा धरमपुरलाई पुर्णखोप युक्त गाविस घोषणा गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले धरमपुर गाविस र स्वास्थ्य चौकी धरमपुरलाई २२ औं पुर्णखोप युक्त प्रमाणपत्र प्रदान गरेको छ । सो प्रमाणपत्र स्थानीय विकास अधिकारी खेमराज ओझाले गाविस सचिव पुर्णशम्शेर कुवँर र स्वास्थ्य चौकीका प्रमुख धनवहादुर विश्वकर्मलाई प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका स्थानीय विकास अधिकारी ओझाले वडाँ स्वयमसेवीकाहरुलाई प्रमाण–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोही अवसरमा स्वास्थ्य चौकीकी मातृसिशु कार्याकर्ता सुमित्रा राईलाई समेत सम्मानपत्रद्धारा सम्मान गरिएको छ । उनलाई सवै वडाँहरुमा खोप केन्द्र संचालनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको हो ।
गाविस सचिव एवम स्वास्थ्य चौकी धरमपुर व्यवस्थापन समिति अध्यक्ष पुर्णशम्सेर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुदन कोइरालाले धन्यवाद ज्ञापन गरेका थिए । उनले २०७० सालबाट संचालन भएको अभियान झापामा २२ वटा गाविसलाई पुर्णखोप युक्त गरिसकेको वताए ।
कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख विश्वकर्मले पुर्णखोप युक्त गाविसको रुपमा रुपान्तरण गर्न वडा स्वयसेवीकाहरुले पु¥र्याएको योगदानको चर्चा गरेका थिए । उनले सवै प्रकारका खोपहरु पुरा गरिसकेको र आगामी दिनमा सवै खोपहरु प्रदान गर्न स्वास्थ्य चौकीको तर्फवाट प्रतिवद्धतता व्यक्त गरेका थिए ।
त्यस्तै स्वास्थ्य चौकीलाई वडा नं ५ हिमालय आधारभुत विद्यालयस्थित खोप केन्द्र निर्माण गर्न दश धुर जमिन उपलब्ध गराउँने कुमार योञ्जनलाई सम्मान गरिएको थियो । उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख मधुसुदन कोइरालाले प्रमाणपत्र प्रदान गरेका थिए ।
स्वास्थ्य चौकीका अहेव बेदनिधि निरौलाले स्वागत मन्तव्य गरेको कार्यक्रममा वडाँ स्वास्थ्य स्वयमसेवीकाहरुले गीत मार्फत स्वागत गरिएको थियो । त्यस्तै स्थानीय विद्यालयहरुवाट विभिन्न प्लेकार्ड र व्यानरसहित ¥याली निकालिएको थियो । कार्यक्रमलाई विद्यालयका विद्यार्थीहरुले नृत्यद्धारा मनोरञ्जन प्रदान गरेका थिए ।

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००