१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

ग्लोबल

मोसुलबाट एक लाख एकसठ्ठी हजार भन्दा बढी विस्थापित



संयुक्त राष्ट्रसङ्घ, ११ माघ । इराकको मोसुलबाट हालसम्म एक लाख एकसठ्ठी हजार भन्दा धेरै व्यक्ति आन्तरिक रुपमा विस्थापित भएका छन् ।
मोसुलमा भईरहेको लडाईका कारण उनीहरु विस्थापित भएका संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजर्रीकले सोमबार जानकारी दिए।
विस्थापितहरुलाई मानतावादी संस्थाहरुले राहत स्वरुप खाना, पानी र शरिरको सफाई सम्वन्धी सामग्रीहरु वितरण गरेका छन् ।
विस्थापित भएका झण्डै चार हजार पाँच सय जनालाई आइतबार ती राहत सामग्रीहरु वितरण गरिएको स्टेफनले बताए ।
पछिल्लो हप्ता मात्रै पूर्वीमोसुलमा बस्दै आएका झण्डै ५६ हजार एक सय जनालाई राष्ट्रसङ्घका साझेदारहरुले सहयोग सामग्रीहरु बाडेका थिए ।
इराकको सुरक्षा बलले मोसुलबाट इस्लामिक स्टेट आईएसलाई हटाउनका लागि कडा प्रयास गरिरहेको छ । मोसुलको पुर्वी क्षेत्र सन् २०१४ को जुनदेखि आईएसको नियन्त्रणमा रहेको छ ।
मोसुल ईराकको राजधानी बगदाददेखि चार सय किलोमिटर टाढा पर्दछ ।

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००