७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

‘नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय’



काठमाडौँ, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायको सद्भावप्रति आभार व्यक्तका छन् । मरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमबीच आज प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा उनले अहिले आफूहरु प्राप्त उपलब्धि संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताएका थिए ।

त्यस अवसरमा पूर्वराष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकामा सराहना गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उहाँले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले त्यो अनुभव अन्तर्राष्ट्रिय रुपमै आदानप्रदान गर्न आफूहरु इच्छुक रहेको पनि बताए ।

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००