१४ जेष्ठ २०८०, आइतबार । May 29, 2023

Slider samachar

संविधान संशोधन राष्ट्रिय हित विपरीत: महासचिव पोखरेल



पोखरा, ११ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल, कास्कीले मंगलबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रिय हित विपरीतको संशोधन प्रस्तावलाई एमालेले संसमा मतदान प्रक्रियामै लैजान नदिने दाबी गरे ।
सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती दिँदै उनीले राष्ट्रिय भाषालाई बेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति जनाए।

हिजो संविधान च्यात्छौँ, जलाउँछाँै र मान्दै मान्दैनाँै भन्नेहरु पनि अहिले मत्थर हुँदै गएको चर्चा गर्दै उनीले राष्ट्रियताप्रति अडिग रहन सबै देशभक्त नेपालीप्रति आग्रह गरे ।

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००