७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

ग्लोबल

मलेसियामा डुङ्गा दुर्घटना नौको मृत्यु



क्वालालम्पुर। गैरकानुनी रूपमा बसाईसराई गरी आएका व्यक्तिहरूको एक डुङ्गा मलेसियाको तटिय क्षेत्रमा पल्टिँदा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य कैयौँ व्यक्ति बेपत्ता भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएको छ ।

सो दुर्घटनामा मारिएका छ महिला र तीन पुरुषको शव सोमबार बिहान सबेरै फेला परेको मलेसियाली समुद्रिय सम्पादन निकायले जानकारी दिएको छ ।

पल्टिएको सो डुङ्गामा गैर कानुनी रूपमा सवार रहेका करिब ४० जना इन्डोनेसियाली नागरिक रहेको बताइएको छ । इन्डोनेसियाबाट मलेसियातर्फ गइरहँदा सो डुङ्गा दुर्घटना भएको बताइएको छ । बेपत्ता भएका यात्रु्को खोजी कार्य जारी रहेको बताइएको छ ।

गत नोभेम्बरमा गैर कानुनी रूपमा यात्रा गरिरहेका इन्डोनेसियाली आप्रवासी सवार रहेका एक डुङ्गा मलेसियाबाट फर्किरहेको अवस्थामा दुर्घटना हुदाँ ४० भन्दा बढीको मृत्यु भएको थियो ।

प्रकाशित : ११ माघ २०७३, मंगलबार ००:००