१० बैशाख २०८१, सोमबार । April 23, 2024

समाचार

समृद्धिका लागि सहकारीको प्रवर्द्धन आवश्यक: मन्त्री थानी



hridayaram_thani

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन बिना मुलुकको विकास असम्भव रहेको बताएका छन् ।

सहकारी विभागले राजधानीमा सोमबार आयोजना गरेको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ विषयक गोष्ठीको उद्घाटन गर्दै भने, “संविधानले नै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेको अवस्थामा सहकारीको सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको छ ।”

मन्त्री थानीले सहकारीको मूल्यमान्यता र सिद्धान्तमा आधारित नयाँ सहकारी ऐन छिट्टै ल्याइने बताउँदै “सहकारी क्षेत्रलाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउन सहकारी ऐन ल्याउँदैछ, यसले धेरै समस्या हल गर्नेछ ।”

सहकारी तथा गरिबी निवारण सचिव मोहनकृष्ण सापकोटाले सहकारीलाई व्यवस्थित गर्न सरोकावालाबीच एकताको खाँचो रहेको बताउँदै अनुत्पादक क्षेत्रमा खर्च भइरहेको पुँजीलाई सहकारीका माध्यमबाट उत्पादनशील क्षेत्रमा लगाउनु आवश्यक रहेको बताए ।

राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीको गतिशीलतालाई राज्यले बुझ्न नसक्दा उत्पादन प्रणालीमा जान कठिनाइ भएको बताए ।

केन्द्रीय स्वास्थ्य सहकारी सङ्घका अध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय सहकारी सङ्घका उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा र विभागका रजिष्टार केशवप्रसाद रेग्मीले सहकारी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न जरुरी रहेको बताउँदै दर्शन र सिद्धान्तलाई आधार मानेर सहकारी क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : १० माघ २०७३, सोमबार ००:००