१० चैत्र २०८०, शनिबार । March 23, 2024

Life Style

सुकुम्बासीद्धारा माओवादी कार्यालय घेराउ

मनोहरा सुकुम्बासी बस्तीमा डोजर लगाउने काम बन्द गर्न माग



Sukumbasi Aandolan

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१६ स्थित मनोहरा खोला किनारमा बसेका सुकुम्बासी बस्ती वरिपरी मनोहरा जग्गा एकीकरण आयोजनाले डोजर लगाएर सडक निर्माण सुरु गरेपछि उक्त कार्य बन्द गर्न माग गर्दै आज पेरिसडा“डा स्थित नेकपा (माओवादी केन्द्र)को कार्यालय घेराउ गरेका छन् ।
प्लेकार्ड र ब्यानर सहित नारा जुलुस लगाउँदै मनोहरादेखि पेरिसडा“डा पुगेका सुकुम्बासीहरुले बस्तीमा डोजर लगाउने काम बन्द गरि सुकुम्बासी समाधान आयोग गठन गर्नु पर्ने, बसिरहेको जग्गाको लालपुर्जा दिनुपर्ने नारा लगाएका थिए ।
नारा जुलुस सहित माओवादी कार्यालय पुगेका सुकुम्बासीहरुले पार्टीका बरिष्ठ नेता तथा संगठन विभाग प्रमुख रामबहादुर थापा (बादल)लाई ज्ञापन पत्र समेत बुझाएका छन् । कार्यालय घेराउ कार्यक्रमको नेतृत्व माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका पार्टी सम्बद्ध सुकुम्बासी संगठनका केन्द्रीय अध्यक्ष दीपक राईले गरेका थिए ।
ज्ञापनपत्र बुझाउदै अध्यक्ष राईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले मनोहरा सुकुम्बासी बस्ती वरिपरी डोजार लगाउने काम तुरुन्त बन्द गर्नुपर्ने बताए ।

Badal
ज्ञापनपत्र बुझ्दै नेता बादलले माओवादी सुकुम्बासी र गरिबहरुकै पार्टी भएकोले सहयोग गर्ने बताए । अध्यक्ष प्रचण्डलाई मनोहरा सुकुम्बासी बस्तीको बारेमा जानकारी गराइसकेको उल्लेख गर्दै सिं¨ो पार्टी सुकुम्बासीकै पक्षमा हुने बताए ।
सुकुम्बासीहरुलाई दुःख दिने काम बन्द गर्न आग्रह गर्दै किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले दुई दिन अघि विज्ञप्ति प्रकाशन गरेर सुकुम्बासीहरुको आन्दोलनलाई समर्थन जनाएका थिए । मोर्चाका अध्यक्ष बासु किरातीद्वारा जारी विज्ञप्तिमा आफूहरुको आग्रहलाई अस्वीकार गरिए सुकुम्बासीको विद्रोह गर्ने अधिकारलाई समर्थन गर्ने र आन्दोलनलाई सहयोग गर्ने उल्लेख छ ।
भक्तपुरको मध्यपुर ठिमी स्थित मनोहरा खोला उकास जग्गामा २०५८ सालदेखि सुकुम्बासीहरु बस्दै आएका छन् । खोला किनारमा १६ बर्षदेखि ८ सय परिवार सुकुम्बासीहरु बस्दै आएका छन् ।
आठ सय घरटहरामा ११ सय परिवारमा ६ हजार भन्दा बढीको बसोबास रहेको छ । खोला किनारमा करिव २ सय १४ रोपनी खाली जग्गा छ । त्यस मध्ये सुकुम्बासीहरुले करिव १ सय रोपनि जग्गामा घरटहरा बनाइ बसोबास गर्दै आएका छन् । खोलाउकास जग्गामा बस्दै आएका सुकुम्बासीहरु अधिकांस मजदूरी गरेर जिविकोपार्जन गर्दै आएका छन् ।
उक्त बस्तीलाई असर पर्ने गरी २०७३ माघ ३ गतेदेखि प्रहरीको साथ अपरिचित संकास्पद व्यक्तिहरुको ठूलो उपस्थितिमा सडक निकाल्ने बाहनामा बस्ती वरिपरी जोडर चलाएर आतंक फैलाउन काम भइरहेको स्थानीय देवान किरातीले बताए । देवान किराती राष्ट्रिय मुक्ति मोर्चाका भक्तपुर जिल्ला अध्यक्ष समेत हुन् ।
खोला किनारको खाली जग्गाहरु मिलाएर सहर निर्माण (टाउन प्लान) गर्ने भन्दै सरकारले गठन गरेको मनोहरा जग्गा एकीकरण आयोजनाले बेलाबेलामा त्यहाँका सुकुम्बासीहरुलाई दुःख दिदै आएको छ । सुकुम्बासीहरु कुनै हालतमा बस्ती उठाउन नदिने बताउदै आएका छन् । सुकुम्बासीहरुले आफूहरु बसेको एक सय रोपनी जग्गा नछोइ वा आर्को व्यवस्थापन नगरेसम्म डोजर प्रयोग नगर्न माग गर्दै आएका छन् । यद्यपि आयोजनाले प्रहरी प्रयोग गरेर बस्ती वरिपरी डोजर लगाउन सुरु गरेको छ ।
माओवादी कार्यालयमा आज घेराउ गरेका सुकुम्बासीहरुको टोलीले १२ गते एमाले र १६ गते नेपाली कांग्रेसको कार्यालय यसैगरी घेराउ गरेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको भूमिहिन सुकुम्बासी संगठन भक्तपुरका अध्यक्ष टेकनाथ साप्कोटाले बताए ।
पार्टी कार्यालयहरुमा बुझाउने ज्ञापन पत्रमा नरकुमारी आचार्य, सीबी लामा, देवान राई, पदमबहादुर सिजापति, लक्षमण पौडेल, रमेश तिवारी, रुपेन्द्र राईलेको हस्ताक्षर रहेका छन् ।

प्रकाशित : ९ माघ २०७३, आइतबार ००:००