६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषण गरिने : प्रधानमन्त्री दाहाल



Ram-Prasad-Rai

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता जनाएका छन । रामप्रसाद राई फाउण्डेसनद्वारा आज काठमाण्डौँमा आयोजित कार्यक्रममा ‘रामप्रसाद रार्इ’ नामक पुस्तकको विमोचन गर्दे दाहालले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथान्कासम्मको कोसी राजमर्गलाई रामप्रसाद राई मार्ग घोषणका लागिसमेत पहल गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री दाहालले देश र जनताका लागि बलिदान दिने सपुतहरुको जीवन गाथालाई पाठ््यपुस्तकमा समावेश गर्न फाउन्डेसनले गरेको आग्रह सकारात्मक भएको बाताए।

स्व. रामप्रसाद राई भोजपुर निवासी थिए । उनीले १०४ वर्षे निरङ्कुश राणाशासन र २००७ सालको क्रान्तिका लागि लडेका थिए । राईको व्यक्तित्वलाई स्मरण गर्ने अभिप्रायबाट भोगिराज चामलिङ्द्धारा ‘रामप्रसाद राई’ नामक उक्त कृति ४७२ पेजमा प्रकासित छ ।

फाउन्डेसनका अध्यक्ष स्व. राइकी सुपुत्री लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री सुरेन्द पाण्डे र अशोक राइले स्व राईको व्यक्तित्वका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

प्रकाशित : ८ माघ २०७३, शनिबार ००:००