१२ बैशाख २०८१, बुधबार । April 24, 2024

खेलकुद

नगर स्तरीय फुटबल प्रतियोगिता माघ ८ देखि सुरु हुने



4

पथरी । मोरङको पथरीशनिचरे नपा २ स्थीत बुद्ध युथ क्लबले दोस्रो नगर स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । नगर स्तरीय फुटबल माघ ८ गते देखि फागुन २२ गते सम्म पञ्चायत उमाविको प्रागङ्गनमा हुने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा नगरको १५ वडाको सवै टिमहरु सहभागि गराउने आयोजकले दावी गरेको छ । प्रतियोगिताको विजेतालाई ३० हजार रुपैया र उपविजेतालाई १५ हजार रुपैया साथमा ट्रफी, मेडल र प्रमाण पत्र दिने खेल संयोजक विक्की राईले पत्रकार सम्मेलनमा बताए । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द सिरीज, उत्कृष्ट खेलाडी, वेस्ट गोलरक्षक, वेस्ट डिफेन्डर, वेस्ट खेलाडी, वेस्ट कोच र खेल अवधि भर उत्कृट गोल कर्तालाई नगद सहित पुरस्कार प्रदान गरिने क्लब अध्यक्ष मदन आलेले बताए ।
प्रतियोगिताको खर्च आर्थिक संकलन र पथरीबाट बैदेशिक रोजगारको लागी विदेश रहेको नेपालीहरुबाट जुटाउने आयोजकले जनाएको छ । खेल सम्पन्न गर्न २ लाख ५० हजार रकम खर्च हुने आयोजकले अनुमान गरेको छ । नगर स्तरीय फुटबल प्रतियोगीतामा खर्च गरेर बचेको रकम सामाजीक काममा खर्च गर्ने आयोजकले बताएका छन् ।
पथरीशनिचरे नगरपालीकालाई फुटबलको माध्यमबाट समाज तथा सहरको बिकास गरेर नगरलाई चिनाउने, स्थानीय खेलाडी युवाहरुको खेलकुदको विकास गर्ने उदेश्यले प्रत्येक बर्ष फुटबल प्रतियोगिताको आयोजना क्लबले गदै आएको छ ।

प्रकाशित : ५ माघ २०७३, बुधबार ००:००