१० चैत्र २०८०, शनिबार । March 23, 2024

ग्लोबल

अनेक आरोप खेपेका ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति पद सम्हाल्दै



Donald Trumpअमेरिका । अमेरिकामा राष्ट्रपति भइसकेपछि विवादमा छाएका धेरै राष्ट्रपतिहरु छन् । तर चुनाव अघि नै विवादमा आएको सायदै भेटिन्छन् । मुख्यतया विवादमा नफसेको व्यक्तिलाई मात्र उम्मेदवार बनाउने चलन अमेरिकामा छ । ४५औं राष्ट्रपतिको उम्मेदवार भने अपवादमा अहिलेसम्मका मान्यता भन्दा फरक रहयो । राष्ट्रपतिका दुई मुख्य प्रतिस्पर्दी रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटी पार्टीकी हिलारी क्लिण्टन समेत विवादमा अछुतो थिईनन् ।
हिलारी अमेरिकी सरकारको ६७ औं स्टेट सेक्रेटरी भई २००९ देखि चार वर्ष सम्म काम गरिन् । यस अवधिमा उनले निजी ईमेल चलाएर देशको महत्वपुर्ण सूचना चुहावट गरेको आरोप लाग्यो । यही ईमेलको कारण अमेरिकाको जनधनको समेत क्षति भएको रिपब्लिकन पार्टी पक्षले आरोप लगाए । अदालतसम्म उजुरी पुग्यो । अदालतले हिलारीले निजी ईमेल चलाएको प्रमाणित गरेपनि उनको ईमेलले कुनै क्षति नपुगेको फैसला गर्यो । फैसलाको दुई महिना भित्रै नोभेम्बरमा उनी राष्ट्रपतिको चुनावमा होमिनु पर्यो । अन्तत उनी डोनाल्ड ट्रम्पसँग झिनो मताअन्तरले पराजित भइन । हार्दा–हादै पनि पपुलर मत भने हिलारीले पाईन । उनले ट्रम्प भन्दा दुई लाख ज्यादा मत पाएकी थिईन् । पपुलर मत ल्याए पनि हिलारीले ५० राज्य मध्ये २० वटामा मात्र र बाँकीमा ट्रम्पले जीत हासिल गरेपछि क्लिन्टनको राष्ट्रपतिको यात्रा रोकिएको हो ।
उता ब्यापारिक टाइकुन डोनाल्ड ट्रम्प राजनीतिमा भने एकैचोटी शिखर चुमेका छन् । उनले १९८७ मा डेमोक्रेट पार्टीबाट राजनीति सुरु गरेका थिए । पछि रिफर्म भन्ने पार्टी १९९९ मा गठन गरेर २००१ सम्म आफैले पार्टी हाँके । २००२ मा पार्टी बदलेर २०११ सम्म रिपब्लिकनमा लागे । फेरि उनी एक वर्ष स्वतन्त्र बसे र २०१२ देखि भने पुनः रिपब्लिकनमा फर्के । उनले सोही पार्टीबाट २०१७ मा राष्ट्रपति उमेद्वार जीतेका हुन् । छोटो अवधी राजनीति गर्दा धेरैपार्टी परिवर्तन गरेर पनि अमेरिकाको ४५औं राष्ट्रपतिमा निर्वाचित हुन सफल भएकामा उनलाई भाग्यमानी ठान्नुपर्छ ।
३ दशमलव ७ विलियन अमेरिकी डलर सम्पत्ती रहेको डोनाल्ड ट्रम्पले धेरै किसिमको व्यवसायमा हात हालेका थिए । उनले रियलस्टेट , क्यासिनो, गल्फकोर्ष, रेस्लिङ खेल, सुन्दरी प्रतियोगिता, होटल व्यवसाय आदिमा उनको राम्रो आम्दानी थियो । राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सवै ब्यापारको जिम्मा उनको छोरा डोनाल्ड ट्रम्प जुनियरलाई दिएको घोषणा गरेका छन् ।
ट्रम्प धेरै विवाद हुँदा हुँदैपनि राष्ट्रपति निर्वाचित भएका छन् । व्यवसायको सुरुवात तिर ब्यापारमा असफल भएको बाहनामा रिन मिनाह गरिमागेका थिए । सरकारबाट मिनाहा पनि भयो । त्यतिवेला रिन मिनाहा गरिनु ब्यापार असफल भएर नभई सरकारको रिन पचाउनका लागि गरिएको खेल थियो भन्ने आरोप फैलिएको थियो । त्यसैगरी उनले आफ्ना व्यवसायमा खटिने स्पेनिस भाषी कामदारहरुलाई तलब नदिएको पनि आरोप छ । त्यसको प्रतिवाद गर्दै ट्रम्पले भनेका छन् । मेरो चित्त बुझ्दो काम नगरेपछि मैले तलब किन दिने ? भनेर प्रतिप्रश्न गरेका छन् । धेरै महिलालाई हिंसा गरेको विषयले पनि ट्रम्पलाई विवादमा ल्याई रहयो । राष्ट्रपति चुनावको मुखैसम्म आईपुग्दा समेत आरोप आउने क्रम जारी थियो । हिंसाबारे पुर्व मिस युनिभर्स एलिसिया माकाडोलाई लिन सकिन्छ । ट्रम्पले एलिसियालाई एक कार्यक्रममा तिमी खाने मेसिन जस्तो छौ भनेर लज्जास्पद पारेका थिए । त्यसैगरी हवाईजहाजको परिचारिकालाई समेत अकस्मात चुम्बन गरेका थिए । उनले यो विषयलाई स्वीकार्दै भनेका छन् । उनी सुन्दरी थिईन उनको सुन्दरताको कारणले धैर्यता गुमाएर मैले आफुलाई सम्हाल्न सकिन र चुम्बक जस्तै उनीलाई चुम्बन गर्नथाले छु । अर्को प्रसंगमा एक अडियोमा उनले १० वर्ष देखि कोही केटीसंग डेटिङ गईरहेको पनि बताएका छन् ।
यसैबीच राष्ट्रपती चुनाव समेत धाँदली भएको आरोप लाग्यो । धाँदली ट्रम्पबाटै भएको भन्ने प्रमाण फेला नपरे पनि ट्रम्प विजयी भएकाले ट्रम्पले समेत यस बारे खण्डन गर्नुपर्यो । तर धाँदलीमा संलग्न भएको आरोपमा ३५ रुसी कुटनीतिज्ञलाई देश निकाला गरिसकेको छ । उनिहरुले कम्प्युटर प्रणालीको भोट सिस्टमलाई गडवडी गराएर राष्ट्रपति चुनाव मत परिणाम अदलवदल गरेको आरोप छ । यसबारे ट्रम्पले आफु अनविज्ञ रहेको बताईसकेका छन् । रुसले भने आफ्नो देशको नागरिकको संलग्नता नरहेको प्रतिकृया दिएकाछन् । बाराक ओबामा प्रशासनले अमेरिका देश निकाला गरेको बदलामा रुसले भने कुनै कदम नचाल्ने जनाईसकेकोछ । अर्को प्रसंग जोडौं, राष्ट्रपतिमा पराजित भएकी हिलारीका समर्थकले ट्रम्पको विरुद्धमा ¥याली निकाल्यो । उनीहरुको विरोधको एकै स्वर थियो, ट्रम्पलाई राष्ट्रपति मान्दैनौं भन्ने । एक हप्तासम्म ट्रम्प विरुद्ध ¥याली भयो । ट्रम्पले भने एक विजयीसभालाई सम्बोधन गर्दै भनेकाछन् मेरो विरोधमा ¥याली गर्नेहरुलाई मुखमा हिर्काउन मनलागे छ ।

ट्रम्पका केही प्रतिवद्धताहरु
डोनाल्ड ट्रम्प राष्ट्रपति पद सम्हाल्नु अघि आएका केही प्रतिवद्धताहरु चर्चामा छन् । जस मध्ये मुस्लीम समुदायलाई आवधिक समयसम्म अमेरिका प्रवेशमा कडा गर्ने । अन्य आप्रवासीलाई समेत कडा नियम पालना गराईने । अमेरिकासंग दक्षिण तर्फ जोडिएको एक मात्र देश मेक्सिकोको वारपार सिमानामा पर्खाल लगाउने । सैनिक संख्या वृद्धी साथै बजेट समेत वृद्धी गर्ने । आईएसआईएस विरुद्ध सैनिक आक्रमण गर्ने । चाईनासँग ब्यापारिक कारोबार सहज गर्ने । जतिपनि अमेरिकन कम्पनीले बनाउने सामग्रीहरुछन् त्यसलाई स्वदेशमा नै उत्पादन गर्ने नीति अवलम्बन गर्ने जस्ता छन् ।
यी बाहेक अनेकन प्रतिवद्धताहरु विभिन्न सञ्चारमाध्यमहरुमा आईरहेका छन् । औपचारिक प्रतिवद्धताका लागि भने जनवरी २० सम्म कुर्नु पर्नेछ । फरक परिवेशबाट उदाएका हक्की स्वभावका नयाँ राष्ट्रपती डोनाल्ड ट्रम्पको नेतृत्वले अमेरिकालाई नयाँ उचाईमा पुर्याउने आँकलन गरिएको छ ।

प्रकाशित : ५ माघ २०७३, बुधबार ००:००