१२ बैशाख २०८१, बुधबार । April 24, 2024

खेलकुद

मेसीका लागि म्यानचेस्टर सिटीले राख्यो १३ अर्बको कीर्तिमानी प्रस्ताव



images

बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीका लागि इङ्लिस क्लब म्यानचेस्टर सिटीले कीर्तिमानी करिब १३ अर्ब २३ करोड १५ लाख (१० करोड पाउण्ड) को प्रस्ताव अघि सारेको छ। बेलायतबाट प्रकाशित हुने ‘सन’ पत्रिकाले यसको खुलासा गर्दै सिटीले अर्जेन्टिनी स्ट्राइकरका लागि इङ्लिस क्लबले अहिलेसम्म कुनै खेलाडीलाई नतिरेको रकम तिर्न आफू इच्छुक रहेको बार्सिलोनालाई जानकारी दिएको छ। गत वर्ष म्यानचेस्टर युनाइटेडले युभेन्ट्सबाट पाउल पोग्बालाई क्लब भित्र्याउदा कीर्तिमानी करिब ११ अर्ब ७७ करोड ८९ लाख (८ करोड ९० लाख पाउण्ड) खर्चिएको थियो। जुन इङ्लिस फुटबलमा कुनै पनि खेलाडीलाई खर्चिएको सबैभन्दा ठूलो रकम हो। अनुबन्धको आकर्षक प्रस्ताव गए पनि बार्सिलोनाले कुनै प्रतिक्रिया नजनाएको पत्रिकाले जानकारी दिएको छ। सिटीले पेप ग्वार्डिओलाको प्रशिक्षणमा प्रिमियर लिगमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन्। बार्सिलोनाका पूर्व प्रशिक्षक ग्वार्डिओलाले पहिलो पल्ट सिटीको नेतृत्व सम्हालेका हुन्। ग्वार्डिओलासँग मेसीको विशेष सम्बन्धका कारण उनलाई क्लबमा भित्र्याउन सिटीले लगातार प्रयास गरिरहेको छ। यसअघि मेसीलाई साताको करिब १० करोड ५९ लाख रुपैयाँ (८ लाख पाउण्ड) को प्रस्ताव सिटीले अगाडि सारेको थियो।

प्रकाशित : ४ माघ २०७३, मंगलबार ००:००