१० बैशाख २०८१, सोमबार । April 22, 2024

ग्लोबल

जयललिताकी भाइकी छोरी दीपा राजनीतिमा !



अन्नाद्रमुक पार्टीकी मुख्यमन्त्री स्वर्गीय जयललिताकी भाइ जयकुमारकी छोरी दीपा कुमार राजनीतिमा प्रवेश गर्ने भएकी छन्। जयललिताको जन्मदिनको अवसर पारेर दीपाले आफू राजनीतिमा आउने घोषणा गरेकी हुन्। उनले आफ्ना आगामी राजनीतिक कदम पनि सोही दिन खुलासा गर्ने बताएकी छन्। उनले भनिन्, ‘मसँग दुई विकल्प छन्। पहिलो अन्नाद्रमुक पार्टी मै संलग्न हुने र दोस्रो भनेको नयाँ पार्टी तयार गर्ने। यो निर्णय गर्नुअघि म आफ्ना समर्थकहरुसँग छलफल र सल्लाह गर्नेछु।’ ४२ वर्षीय दीपा कुमारका केही पोस्टरले पनि निकै चर्चा पाइरहेको छ। उनले पोस्टरमा आफ्नी फूपू जयललिताको जस्तै साडी लगाएकी छन्। उक्त फोटो वास्तवमा जयललिताकै थियो जसमा फोटोसप गरेर दीपाको अनुहार राखिएको थियो। जयललिता झैं देखिने दीपाले जयललिताको निधनको करिब ४० दिनपछि राजनीतिमा आउने घोषणा गरेकी हुन्।

प्रकाशित : ४ माघ २०७३, मंगलबार ००:००