१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

संघीयताको विपक्षमा विप्लव माओवादी



biplab

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) नेपालमा अहिले प्रयोग हुन खोजिरहेको संघीयताको विपक्षमा देखिएको छ । उसले अहिलेको संघीयतासम्बन्धी बहसको जनताका लागि कुनै अर्थ नभएको पार्टी महाधिवेशनका लागि तयार पारेको राजनीतिक दस्ताबेजमा उल्लेख गरेको आजको नयाँ पत्रिकामा खबर छ ।
पार्टीको आगामी १ देखि ७ फागुनसम्म हुन लागेको आठौँ महाधिवशेनका लागि तयार पारेको राजनीतिक दस्ताबेजमा विप्लवले संघीयताको बहस अर्थहीन रहेको उल्लेख गरेका छन् । केन्द्रीय समिति बैठकबाट अनुमोदन गरी पार्टीका क्षेत्रीय ब्युरोस्तरका नेताहरूका बीचमा अध्ययनका लागि वितरित दस्ताबेजमा त्यसको प्रस्ट व्याख्या गरिएको छ । ‘नेपालमा केही शक्तिले गणतन्त्रमा संघीयता भयो भने जातीय मुक्ति हुन्छ त्यसैले केही भूगोल र अधिकार बाँडफाँट गरे पुग्छ भन्ने सोचाइ राख्ने गरेका छन्, कोही सत्ता एकात्मक भए पनि जनवादी भए पुग्छ भन्ने सोचाइ राख्ने गर्छन् । हाम्रो विचारमा यी दुवै दृष्टिकोण गलत छन्,’ विप्लवको दस्ताबेजमा भनिएको छ ।

प्रकाशित : ३ माघ २०७३, सोमबार ००:००