७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

प्रोफाइल

नेम्बाङको राजनीतिक यात्रा : गगन थापा भन्छन् राष्ट्रिय नेता हुने गुण छ



5, Aindra Sundar Nembangचर्चित युवा नेता गगन थापाले केही समय अघि नयाँ पत्रिकामा अर्का युवा नेता आइन्द्रसुन्दर नेम्बाङबारे चर्चा गरे । उनले समन्वयकारी र सानै पार्टीको भए पनि राष्ट्रिय नेताको गुण रहेको भन्दै प्रशंसा पनि गरे । समकालिन चर्चित युवा नेताहरुको समेत मन जित्न सक्ने नेम्बाङको यस्तो छ राजनीतिक यात्रा ः
आइन्द्र सुन्दर नेम्बाङलाई राजनीतिमा लाग्न काका प्रेम नेम्बाङ र गुरुमा प्रमिला नेम्बाङले प्रेरणा दिएका थिए । राजनीतिमा लाग्न उत्प्रेरित गर्ने दुवै जना अहिले राजनीति छोडिसकेका छन् । तर उनीहरुका उत्प्रेरणले अझै काम गरीरहेको छ । त्यसैले त निरन्तर–निरन्तर राजनीतिमा छन् आइन्द्र सुन्दर नेम्बाङ । उनी अहिले नेकपा (माले) संसदीय दलको सचेतक हुन ।
संसदमा पाँचथरबाट प्रतिनिधित्व गर्ने माननिय मध्ये उमेरका हिसाबले सबै भन्दा भर्खका नेम्बाङको राजनीतिक जीवनसंग जोडिएका कैयन रोमाञ्चक पक्षहरु छन् । वि.स. २०३४ काक्तिक १२ गते पाँचथरको इम्बुङ १ सुुसुवामा बुवा खमानन्द सि. नेम्बाङ र आमा शंखरानी नेम्बाङको कोखबाट जन्मिएका उनी २०४५ देखि नै राजनीतिमा छन् । विद्यालय तहमा पढाइ तेज सधै पहिलो दोस्रो हुन्थे । वादविवाद कलामा समेत राम्रो भएकाले विद्यार्थी संगठनमा समेत आफुलाई अगाडी बढाइएको उनको ठम्याइ छ । वि.स. २०४६ सालमा फिदिममा भएको अनेरास्ववियु छैटाँैको सबै भन्दा कान्छो प्रतिनिधिमा भएको सम्झना नेम्बाङसंग ताजै छ । अझ गजब त के भयो भने एसएलसि नै पास नगरी २०५१ सालमा सोही संगठनको उनी पाँचथर जिल्ला अध्यक्ष बने । त्यसपछि सांगठनीक यात्रा रफ्तारमा बढ्यो । २०५४ सालमा पार्टी फुटेपछि अखिलको सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख बने । त्यसपछि प्रगतिशील युवा संघको अध्यक्ष ५ बर्ष रहे । अहिले उनी पार्टी केन्द्रिय सदस्य तथा सम्पर्क मञ्च प्रमुख तथा पार्टीको तर्फबाट समानुपातिक कोटामा संविधानसभा सदस्य छन् । संविधान निर्माण प्रक्रियामा नेम्बाङको राम्रै सक्रियता रहेको छ । संविधान मस्यौदा समितिको सदस्य, मौलिक हक राज्यको निर्देशक सिद्धान्त र आयोगहरु उपसमिति संयोजक तथा संविधान मस्यौदा कार्यदलको सदस्यका रुपमा भूमिका निर्वाह गरेका छन । पत्रकारीतामा समेत दखल राख्ने उनी लिम्बु पत्रकार मञ्चको सस्थापक समेत हुन । हाल श्रीमती सञ्जु राईका साथ उनी ललितपुर बस्दै आएका छन् ।

प्रकाशित : ३ माघ २०७३, सोमबार ००:००