१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार



president-houseकाठमाडौं,३ माघ । राष्ट्रपति बिद्यादेवी भण्डारी माघको पहिलो साताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छन् ।

बम प्रतिरोधी सुविधासम्पन्न अत्याधुनिक भवन ६२ करोड लागतमा तयार भएको हो । पत्रिका दैनिकमा समाचार छ ।

शीतलनिवास परिषरको १०८ रोपनी जग्गामध्ये २० रोपनी क्षेत्रफलमा नयाँ भवन बनाइएको हो । ‘अब कोठा सजावटका केही काम काम बाँकी रहेको अबर आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

भवन बिभागका सिनियर डिभिजन इन्जिनियर हिमाल केसीका अनुसार एक दुई दिनभित्र भवन बस्नका लागि तयार हुनेछ । केसीका अनुसार राष्ट्रपतिकी छोरीको विवाहका कारण नयाँ भवनमा सर्ने दिन लम्बिएको हो ।

प्रकाशित : ३ माघ २०७३, सोमबार ००:००