१६ जेष्ठ २०८०, मंगलबार । May 30, 2023

Slider samachar

ट्रम्पको विवादस्पद अभिव्यक्तिप्रति चीन आक्रोशित



Flag_of_the_People's_Republic_of_China.svgबेइजिङ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ‘एक चीन नीति’ का विषयमा पुर्नविचार गर्नुपर्ने धारणा व्यक्त गरेको केही समयपछि चीनले आपत्ति जनाएको छ।
चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाले ताइवान मुद्दाको संवेदनशिलतालाई बुझ्नुपर्ने जनाएको छ। चीनको विदेश मन्त्रालयको वेबसाइटमा जारी विज्ञप्तिमा ‘अमेरिकासँग चीनको सम्बन्ध एक चीन नीतिमा आधारित छ, यसमा सम्झौता हुन सक्दैन’, उल्लेख छ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नललाई दिएको एक अन्तरर्वातामा ताइवनालाई राजनीतिक रुपमा मान्यता नदिने अमेरिकाको पुरानो एक चीन नीति माथि पुर्नविचार गर्नुपर्ने बताएका थिए। उनले चीन आफ्नो मुद्रा एवं व्यापार नीतिमा सुधार गर्दैन भने अमेरिका एक चीन नीतिलाई समर्थन गर्न नसक्ने बताएका थिए।

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको छ। राष्ट्रपतिमा निर्वाचित भएपछिे ताइवानका राष्ट्रपति साई इंग वेनले फोन गरेर ट्रम्पलाई बधाइ दिएका थिए। जसलाई ट्रम्पले स्वीकार गरेपछि चीन आक्रोशित भएको थियो।

 

प्रकाशित : २ माघ २०७३, आइतबार ००:००