१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

प्रबासी मेमेङ मलेसियाद्धारा जेष्ठ नागरिक तथा समाजसेवी सम्मानित



16111594_547097548833617_1448575092_nमलेसिया । प्रबासी मेमेङ सेवा समाज मलेसियाले पाँचथर मेमेङ गाबिसकै जेष्ठ नागरिक तथा समाजसेविहरुलाई सम्मान गरेको छ । माघेमेलाको अवसरमा मेमेङ ८ को थोक्लिम्बा स्थित खलंगाटारमा एक कार्यक्रम गरि सम्मान गरिएको हो ।
मेमेङ–४ ताङ्लेपाका लालवीर राई र मेमेङ १ च्याम्फुवाका शीरमाया राईलाई जेष्ठ नागरिक सम्मान प्रदान गरिएको छ । त्यस्तै मेमेङ–८ थोक्लिम्बाका थीरबहादुर माङ्मुलाई समाजसेविको रुपमा सम्मानित गरिएको छ ।
रोजगारीको सिलसिलामा गत सेप्टेम्बर १० राती ११ बजे सडक दुर्घटनामा परि ज्यान गुमाएका बिक्रम राईको छोरा वीरु राईको हातबाट सम्मान पत्र र खादा ओढाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा बिक्रम राईको परिवारको लागि संचालन गरिएको आर्थिक सहयोग सङ्कलनमा स्वदेश तथा बिदेशमा सहयोग गर्ने सम्पूर्णलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
नाबालक बिरु राईको उज्वल भबिस्यको लागि मेमेङ सेवा समाज मलेसिया र मृतक बिक्रम कार्यरत कम्पनीको नेपाली साथीले करिब चार लाख रुपैयाँ संकलन गरेको छ । संकलन गरिएको रकम बिक्रम राईको नाबालक छोरा बिरु राईको नाममा माछापुच्छ्रे बैकमा खाता खोली जम्मा गरिसकिएको मलेसियाबाट विरेन्द्र असिमितले जानकारी दिए ।

प्रकाशित : २ माघ २०७३, आइतबार ००:००