७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

छापा खबर

बिरामीको पेटमै छाडियो फलामे औजार



सिरहा लहानकी शान्ति यादव पुस २६ गते स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गइन्। त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । तर घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो । ‘तीन दिनपछि पिसाब फेर्न जाँदा योनीबाट फलामको चोसो निस्कियो’ यादवले भनिन्, ‘मरे मरियोस् भनेर जोडले तान्दा फलाम निस्कियो । उनले घरका अन्य सदस्यलाई जानकारी गराएपछि उनीलगायत परिवारका सबै सदस्य शल्यक्रिया गर्दा फलामको टुक्रा पेटमै अड्किएको निष्कर्षमा पुगे ।  मेरी स्टोप्स सेन्टरका इन्चार्ज सुदीप श्रेष्ठले शल्यक्रियाको क्रममा यादवको पेटमा औजार छुटेको स्वीकारे गरेका छन् । यादव परिवारले भने लापरबाही गर्ने श्रेष्ठमाथि कारबाही हुनु पर्ने माग राखेको छ ।

-नयाँ पत्रिका

प्रकाशित : २ माघ २०७३, आइतबार ००:००