८ बैशाख २०८१, शनिबार । April 20, 2024

ग्लोबल

नेपाली सेनाद्वारा काउन्सिलटोलीलाई स्वागत



unnamed

काठमाडौं । विश्व प्रेस काउन्सिलका पदाधिकारी तथा बंगलादेश, भारत र साईप्रसबाट आएको भ्रमणदलको शुक्रवार चितवनमा स्वागत गरिएको छ ।
भ्रमणदलमा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्की, विश्व प्रेस काउन्सिलका कोषाध्यक्ष अली हन्सरली, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष ममताजुद्धिन अहमद, भारतीय प्रेस काउन्सिलका अध्यक्ष सिकेप्रसाद कुमार लगायतका प्रेस काउन्सिल नेपालका सदस्यहरु सहभागी रहेको छ । सार्कस्तरीय प्रेस काउन्सिल गठनको सिलसिलामा ११ जनवरीमा सो टोली नेपाल आएको हो ।
नेपाली सेनाको हेलिकप्टरबाट चितवन पुगेको टोलीलाई श्रीजंग गणका प्रमुख सेनानी माधव थापाले राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले योगदानबारे र विपद् व्यवस्थापनका सम्वन्धमा रुद्र गुरुङ्ले प्रस्तुति गरेका थिए । चितवनको कसरामा आयोजित उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रममा संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बन्यजन्तुको संरक्षणमा सेनाको भूमिकावारे धारणा राखेका थिए । पाहुनाहरुलाई कार्यक्रम लगत्तै जंगल यात्रा गराइएको थियो ।

प्रकाशित : २ माघ २०७३, आइतबार ००:००