८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

न्यूनतम तापक्रम शून्य, जाडो अझै बढ्ने



काठमाडौँ: न्यूनतम तापक्रम शून्यमा झरेपछि शनिबार काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ।

एक्कासी तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ। न्यूनतम तापक्रम घटेकाले आज यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम ०।४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस छ। अघिल्लो वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो।

मौसमविद् सुजन सुवेदीका अनुसार न्यूनतम तापक्रम घट्ने भएकाले अझै केहीदिन चिसो कायमै रहनेछ। उनका अनुसार पश्चिमी वायुको असरका कारण आज साँझदेखि देशको पश्चिमी क्षेत्रका पहाडी भेगमा सामान्य बद्ली हुनुका साथै एकरदुई स्थानमा हल्का बर्षात् हुने सम्भावना छ।

अन्य पहाडी क्षेत्रमा पनि सामान्य बद्लीसँगै छिटफुट बर्षात् हुनेछ। तराई क्षेत्रमा भने कुनै असर देखिएको छैन। पश्चिमी वायुको प्रभाव आइतबारसम्म कायम रहने र क्रमश मौसममा सुधार आउने महाशाखाले जनाएको छ । रासस

 

प्रकाशित : १ माघ २०७३, शनिबार ००:००