१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

पाँचथरमा जीप दुर्घटना हुँदा एकको मृत्यु सात घाइते



पाँचथर, १ माघ÷ मेची राजमार्गको फिदिम–इलाम सडक खण्ड अन्तर्गत फिदिम–३, लालीखर्कमा शनिबार बिहान भएको जीप दुर्घटना घाइते भएकी एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी ताप्लेजुङ लिवाङ–८, की ५० वर्षिया नैनकला कार्कीको उपचारको लागि झापाको डि एण्ड सि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । ताप्लेजुङ देखि बिर्तामोड तर्फ जाँदै गरेको मे १ ज २५४६ नम्बरको जीप बिहान साँढे दश बजे दुर्घटना भएको थियो ।
घाईते हुनेहरुमा ताप्लेजुङको नाङखोल्याङ–३, बस्ने ३९ वर्षिय चालक देवान दोर्जे तामाङ, ताप्लेजुङकै लेलेप–१, बस्ने वर्ष २० का रोशन लिम्बू रहेका छन् । त्यस्तै पाँचथर याङनाम–१, बस्ने बर्ष २२ का रुद लोवा, मोरङ डाँगीहाट– ४, बस्ने वर्ष २० का चुवन खड्का, तेह्रथुम सोल्मा–१, बस्ने वर्ष ३० का सरोज खनाल, मोरङ भाउन्ने–४ बस्ने बर्ष २३ का जीवन खड्का र सोही स्थान बस्ने वर्ष २४ का पोष्ट बहादुर खड्का पनि दुर्घटनामा परी घाइते भएका छन् ।
चालक सहित जीपमा सवार आठै जना घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचारपछि थप उपचारका लागि झापातर्फ लगिएको प्रहरीले जनाएको छ । अनियन्त्रित भई दुर्घटना भएको जीप सडकभन्दा करीब एक किलोमिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १ माघ २०७३, शनिबार ००:००