३० चैत्र २०८०, शुक्रबार । April 12, 2024

खेलकुद

मेसीको प्रतिमा तोडफोड



The statue of Argentina's soccer player Lionel Messi is seen covered after it was vandalized in Buenos Aires, Argentina, January 10, 2017. REUTERS/Marcos Brindicci
विश्व चर्चित स्ट्राइकर लिओनल मेसीको प्रतिमा तोडफोड भएको छ। अर्जेन्टिनाको राजधानी ब्युनोज आयर्सस्थित मेसीको प्रतिमा गत वर्ष अनावरण गरिएको थियो। मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेपछि ब्युनोज आयर्सको ग्लोरी स्ट्रिटमा अर्जेन्टिनाका अन्य खेलाडी भएकै ठाउँमा मेसीको पनि प्रतिमा अनावरण गरिएको थियो। उनको प्रतिमा कसले फोड्यो? अहिलेसम्म तथ्य बाहिर आएको छैन्।m

उनको मुर्तीलाई कम्भरभन्दा माथिबाट दुई टुँक्रा पारिएको थियो। पदाधिकारीका अनुसार उनको प्रतिमालाई दुरुस्त बनाउन पुनः निमार्णको काम सुरु भइसकेको छ।

जुन ठाउँमा मेसीको प्रतिमा बनाइएको छ, यस स्थानमा टेनिस खेलाडी ग्याब्रियल साबाटिनी र बास्केटबल खेलाडी म्यानुअल जिनोबिलीको पनि प्रतिमा छ।

प्रकाशित : २८ पुस २०७३, बिहिबार ००:००