१० बैशाख २०८१, सोमबार । April 22, 2024

खेलकुद

दमकमा सुविधा सम्पन्न कबर्ड हल बन्ने



damak

दमक । झापाको दमक–१५ शान्तिमार्गमा सुविधा सम्पन्न बहुउद्देश्यीय कवर्ड हल निर्माण हुने भएको छ ।
स्थानीय सगरमाथा मल्टी मार्शल आर्ट संघ नेपालले करीब ५० लाखको लागतमा कवर्ड हल निर्माण गर्ने भएको हो । मंगलबार एक कार्यक्रमको आयोजना गरि कबर्ड हलको बैधिक विधि अनुसार शिलान्यास गरिएको छ । कवर्ड हलको शिलान्यास कांगे्रसकी सांसद महेन्द्रकुमारी सुब्बा र दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले संयुक्त रुपमा गरे ।
करीब दुई कठ्ठा जमीनमा बन्न लागेको कबर्ड हल पूर्वकै उत्कृष्ट हुने बेलनायतस्थित सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष राष्ट्रकुमार राईले बताए । गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष समेत रहेका राईले आउदो एक बर्षभित्रमा नै कबर्ड हल निर्माण सम्पन्न गर्ने जानकारी दिए ।
त्यस अवसरमा सांसद सुब्बा, कार्यकारी अधिकृत दाहालले खेलकुदका सबै विधामा चाहिने आवश्यक तयारीका रुपमा कबर्ड हल उपयोगी हुने धारण राखे । कबर्ड हल निर्माण गर्न सगरमाथा मल्टी मार्शल आर्ट संघ नेपालका अध्यक्ष दिपक धिमालले दुई कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

प्रकाशित : २७ पुस २०७३, बुधबार ००:००