२ बैशाख २०८१, आइतबार । April 14, 2024

मुख्य खबर

पत्रकार महासंघका सबै शाखाहरूको निर्वाचन मिति तोकियो



photo : fnjnepal.org

काठमाडौं । नेपाल पत्रकार महासंघको जारी केन्द्रीय समितिको बैठकले जिल्ला शाखाहरुको निर्वाचन मिति तय गरेको छ । मंगलबारदेखी जारी केन्द्रीय समितिको बैठकले जिल्ला शाखाहरुको अधिवेशनको मिति तय गरिएको केन्द्रीय सदस्य निलिफा सुब्बाले जानकारी दिए । फागुन १ देखी पश्चिमाञ्चलबाट सुरु हुने अधिवेशन फागुन २६ गतेसम्म सम्पनन हुनेछ ।

निर्वाचन तालिका

१) पश्चिमाञ्चल :-२०७३ फागुन ३ गते
२) पूर्वाञ्चल :- २०७३ फागुन ७ गते
३) मध्यपश्चिमाञ्चल :- २०७३ फागुन १२ गते
४) मध्यमाञ्चल :- २०७३ फागुन १७ गते
५) सुदुरपश्चिमाञ्चल :- २०७३ फागुन २२ गते
६) प्रतिष्ठान :- २०७३ फागुन २४ गते
७) एशोसियट :- २०७३ फागुन २५ गते
८) उपत्यका र कर्णाली :- २०७३ फागुन २६ गते

प्रकाशित : २७ पुस २०७३, बुधबार ००:००