१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

प्राधिकरणका प्रमुख ज्ञवालीलाई बर्खास्त गरेर डा. पोख्रेल नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेर डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद् बैठकले ज्ञवालीले दोस्रो पटक पेस गरेको स्पष्टीकरण पनि सन्तोषजनक नभएको भन्दै ज्ञवालीलाई अवकाश दिई डा. पोखरेललाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले ज्ञवालीले दोस्रो पटक पेस गरेको स्पष्टीकरण पनि सन्तोषजनक नभएको भन्दै ज्ञवालीलाई अवकाश दिई डा पोखरेललाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

नवनियुक्त डा पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षका साथै पुनःनिर्माण प्राधिकरणसम्बन्धी ऐन आउनुपूर्व प्रमुख कार्यकारी अधिकृत रहेर काम गरेका थिए ।

प्रकाशित : २७ पुस २०७३, बुधबार ००:००