१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Life Style

फुलकुमार बचाऊँ अभियान सुरु



ful-k-mar

दकक, २६ पुष । दुवै मृगौला ड्यामेज भएर काम नलाग्ने भएपछि पाँचथर रानीटार–३ का ३७ वर्षिय फुलकुमार राईका परिवारले सहयोगको अपिल गरेका छन् । झापाको दमकमा पिडितका आफन्तजनहरुले एक कार्यक्रमको आयोजना गरेर धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारत फुलकुमार राईको जीवन वचाई दिन अपिल गरेका हुन् ।
लामोसमय देखी अस्पतालमा रहेका फुलकुमारको उपचारमा धेरै ठुलो खर्च भइसकेको भन्दै परिवारले तत्काल डाइलोसिस लगायत नियमित औषधी प्रयोग गर्न आर्थिक अभाव भएकोले सहयोगको याचना गरेका छन् । मृगौला पिडित फुलकुमारका भाई सुमन थुलुङका अनुसार एक छोरा र श्रीमति छन् । आर्थिक अवस्था कमजोर फुलकुमार सामाजिक क्षेत्रमा क्रियाशिल युवा व्याक्तित्व हुन् । खेती किसानी गरेर जीवन यापन गरिरहेका फुलकुमारको पीता केही समय अघि देहान्त भएका थुलुङ्ले जानकारी दिए । उनले फुलकुमारको उपचारमा धेरै आर्थिक लगानी भइसकेको र अव हुने उपचारमा आर्थिक समस्या भएकोले सहयोगको अपिल समेत गरेका छन ।
यसैवीच झापाको दमकमा रहेका फुलकुमार राईका साथी एबम् आफन्तजनहरुको सक्रियतामा फुलकुमार वचाउँ अभियान संचालन गरिएको छ । अभियानको संयोजकमा अशिम राई, सह–संयोजकमा अनिलदेब राई, दीपक कुमार मेन्याङ्वो, निहाङ किराती, विशाल शेर्मा, सरोज राई, राजेश निङ्लेकु, गगा राई शेर्मा र सम्झना सावा रहेका छन् ।
अभिायनले फुलकुमार राई वचाउँन आर्थिक सङकलन गर्ने र सो संङकलित रुपैया विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत फुलकुमारको मृगौला डइलोसिस् गर्न प्रयोग गरिने संयोनक अशिम राईले जानकारी गराए ।

प्रकाशित : २६ पुस २०७३, मंगलबार ००:००