१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

मुख्य खबर

हिमाल, पहाड र मधेशलाई छुट्याउँने कल्पनासम्म गर्न सकिन : ओली



kp-oli-finalदमक, २६ पुष–पुर्वप्रधानमन्त्री एबम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्नसंरचनाको नाममा हिमाल, पहाड र मधेशलाई छुट्याउँने कल्पना कोही–कसैले गर्न नसकिने वताएका छन् । मंगलबार झापाको दमकमा आकाशे पुलको उद्घाटन गदै ओलीले मुलुकलाई नयाँ नेपालको दिशातर्फ डोड्याउँदैं समृद्ध राष्ट्र निर्माण गर्न हिमाल, पहाड र मधेशलाई जोडेर लैजानुपर्नेमा जोड दिए । गत वर्ष पुष १६ गते ओलीले शिलान्यास गरेको आकासे पुल २५ मिटर लम्वाई रहेको छ । अढाई मिटर चोढाई र १७ फुट उचाईमा रहेको आकासे पुल राजधानी वाहिर पहिलो हो ।
कार्यक्रममा सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री ओलीले नयाँँ नेपाल निर्माण गर्न समपुर्ण राजनितिक शक्तिहरु एक हुनु पर्ने आग्रह गरे । उनले राजनितिक शक्तिहरु सत्ता–शक्ति प्राप्त गर्ने अवसरलाई त्यागेर आम–नागरिकको जीवनलाई आर्थिक रुपमा समृद्ध वनाउँन सकिन्छ भन्ने विषयमा गम्भिर हुनु पर्ने वताए । गाउँ–गाउँमा विकासको लहर सृजना गर्न आफ्नो प्रयास हिजो पनि रहेको र आगामी समयमा रहने वताउँदै ओलीले ग्रामिण क्षेत्रमा परिमाणमुखी विकासको योजनाहरु ल्याउँन र सम्पन्न गर्र्न क्षेत्रवासीहरुलाई आग्रह गरे ।
झापा क्षेत्र नंम्बर ७ का सासंद समेत रहेका पुर्वप्रधानमन्त्री ओलीले दमकलाई देशभरीको सुन्दर र समृद्ध शहर निर्माण गरेर देखाउँन चाहेको वताए । आकासे पुल निर्माण हुन सक्दैन भन्नेहरु धेरै ठुलो जमात देखिएको स्मण गर्दै उनले अव चाडै दमकमा भ्युटावर र संसारको अग्लो बुद्धको मुर्ती निर्माण गरेर देखाउँन लागेको वताए । उनले दमकलाई सुन्दर र हराभरासहित ग्रीनवेल्ट सडक निर्माण गर्न महत्वकाक्षी विकास योजनाका कार्यक्रमहरु संचालन गरिरहेको वताए ।
त्यस्तै दमकमा सौय उर्जा मार्फत रात्रीकालिन समयमा सडक वक्ति जडान गर्न लागेको ओलीले वताए । लामो समय वन्द, हड्ताल, आतंक र आन्दोलनको नाममा राजनितिक अन्यौलता छाएको स्मरण गर्दै नेता ओलीले भने–‘भएको सम्पतिहरु भत्किएको छ र संचालन हुन लागेको विकास पनि रोकिएको अवस्थामा छ ।’
कार्यक्रममा पुर्व कानन मन्त्री एबम् एमाले केन्द्रीय सदस्य अग्नी खरेल, सासंद महेन्द्रकुमारी लिम्बु, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमारी खत्री, एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीको उपस्थिति रहेको थियो । सो अवसरमा अकासे पुल निर्माण गर्ने प्रविण निर्माण कम्पनीका प्रकाश कार्की र जिविस झापाका इन्जिनियर शुसिल श्रेष्ठलाई सम्मान–पत्रले सम्मान गरिएको थियो । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्थानी विकास अधिकारी खेमराज ओझाले गरेका थिए ।
कार्यकारी अधिकृत खतिवडाले सो आकासे पुल १ करोड १४ लाख ४१ हजार ८ सय ६३ रुपैयामा निर्माण भएको जानकारी गराए । उनले सो लागत बराबर दमक चौकमा पुर्नःआकासे पुल निर्माण हुन लागेको समेत जानकारी दिए । निर्वाचन पुर्वाधार कोषको ७३ लाख २ हजार ५ सय ५३ रुपैया र दमक नगरपालिकाको ४० लाख ४८ हजार ८ सय ६३ रुपैया गरेर एक करोड १४ लाख ४१ हजार ८ सय ६३ रुपैयामा पुल निर्माण भएको हो ।
यसैवीच पुर्वप्रधानमन्त्री ओलीले धरमपुर–पाँचगाछी सडकमा निर्माण हुन लागेको कालोपत्रेका शिल्यान्यास गरेका छन् । धरमपुर ९ राना मिलहुदै मंगलबारे बजारवाट पारावारी हुदै पाँचागाछी जोड्ने सो सडक ९ करोड लागतमा ११ किलो मिटर सडकमा कालोपत्रे निर्माण हुने जिविस झापाले जनाएको छ । मंगलबार नै ओलीले दमक–ढुकुरपानी–मधुमल्ला सडकको पनि शिल्यान्यास गरेका छन् ।

प्रकाशित : २६ पुस २०७३, मंगलबार ००:००