१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

Uncategorized

संसद बैठक सुचारु भयो



काठमाडौँ, २५ पुस । संविधान संसोधनको कार्यसूची नभएपछि संसद सुचारु भएको छ । नियमित कार्यसूचीमा प्रवेश गरस् आज व्यवस्थापिका–संसद्को बैठक सञ्चालन भइरहेको छ ।
संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले आज त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद् सञ्चालनमा अवरोध नगरेको बताइएको छ ।
आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका नौ दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबुल भएको थियो । सो विधेयकमा थप संशोधनका लागि सांसदहरुलाई ७२ घन्टामा समय दिइने व्यवस्था छ । गत मङ्सिर १४ गतेयता विपक्षीले सदन सञ्चालनमा अवरोध गर्दै आएका थिए ।

विपक्षीले अवरोध नगरेपछि अहिले शून्य समय र विशेष समयमा सांसदहरुले आ–आफ्ना भनाइ राखिरहेका छन् ।

प्रकाशित : २५ पुस २०७३, सोमबार ००:००