१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मनोरञ्जन

अख्तियार प्रमुख लोकमानको नियुक्ति सर्वोच्चद्वारा बदर



lokmanसर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमासिंह कार्कीलाई नियुक्ति गर्ने निर्णय बदर गरेको छ ।
कार्की अख्तियारको प्रमुख हुन अयोग्य भएको भन्दै संवैधानिक परिषद्ले उनलाई गरेको सिफारिस, राष्ट्रपतिले गरेको नियुक्ति, लगायतका कामकारबाही बदर हुने सार्वोच्चले अन्तरिम आदेश गरेको हो।
न्यायाधीश अनिल सिन्हा, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाको पूर्णइजलासले अख्तियारमा लोकमान नियुक्तिको बदर गरी नयाँ प्रमुख आयुक्त नियुक्ति योग्य व्यक्तिलाई मात्रै बनाउन परमादेश जारी गरेको छ ।
कार्कीको योग्यता नपुगेको भन्दै परेको रिट खारेज गर्ने सर्वोच्चको यसअघिको ओदश खारेज गर्दै आदेशमा भनिएको छ, प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय (ग) र (ङ) बमोजिम योग्यता नभएको व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने गरी भएको सवैधानिक परिषद्को २०७०र२२ निर्णय, सो सिफारिस बमोजित राष्ट्रपतिबाट गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथ लगायत निजलाई नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरु उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ ।’

कार्कीको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट निवेदनमा सर्वोच्चले एक वर्षपछि उक्त निवेदन खारेज हुने फैसला गरेपछि अधिवक्ता अर्यालले पुनः सर्वोच्चमा पुनरवलोकनका लागि निवेदन दिएका थिए ।

लोकमान अयोग्य भएपछि सर्वोच्चले अब योग्यता पुगेकालाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषद् र राष्ट्रपति कार्यालयको नाममा परमादेशको आदेश दिएको छ ।

प्रकाशित : २४ पुस २०७३, आइतबार ००:००