१५ चैत्र २०८०, बिहिबार । March 29, 2024

मुख्य खबर

संसद बैठक तीन बजेसम्म स्थगित



काठमाडौं, २४ पुष । संसदको बैठक मध्यहन तीन बजेसम्म स्थगित भएको छ । पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको हो ।
आज सरकारले संविधान संशोधन प्रक्रियामा लाने तयारी गरेको छ । प्रतिपक्षी ९ दलले भने संशोधन फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान लिएका छन् ।
सहमति खोज्न सभामुख ओनसरी घर्तीमगरसहित प्रमुख दलका शीर्ष नेताहरुको बैठक चलिरहेको छ।

प्रकाशित : २४ पुस २०७३, आइतबार ००:००