१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

मुख्य खबर

अबको चुनावमा एमाले एक नम्बर : योगेश भट्टराई



yogeshदमक, २३ पुष । नेकपा एमालेका केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले आउने चुनावमा एमाले एक नम्बर पार्टी हुने दाबी गरेका छन् ।
नेकपा एमालेको संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान अन्तर्गत झापाको गौरादहमा पार्टी क्षेत्र नम्बर–६ ले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले आउँदो चुनावमा एमाले सबैभन्दा ठूलो पार्टी हुने दावी गरेका हुन् ।
अब आउने निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्छ । कांग्रेस, माओवादीको हालत चुनावमा देखिन्छ’–भट्टराईले भने । संसदमा दर्ता भएको संविधान संशोधन विधेयक तत्काल फिर्ता लिएर संविधान कार्यन्वयनमा लाग्न उनले सरकारलाई सुझाव दिए । संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर सरकार चुनाव तर्फ लाग्नु पर्छ होइन भने संविधान कार्यन्वयन गर्न सकिदैन’ उनले भने । अहिलेकै स्थितिमा आउँदो २०७४ माघ ७ सम्म तीन तहको निर्वाचन गर्न नसकिने उनले बताए । मधेसकेन्द्रित दललाई फकाउने बहानामा देशलाई विखण्डनमा नलान उनले सरकालाई सुझाव दिए ।

प्रकाशित : २३ पुस २०७३, शनिबार ००:००