१६ चैत्र २०७९, बिहिबार । March 30, 2023

Slider samachar

जब नेइमारले पिकेको कान पड्काए…



neymar

ब्राजिलका स्टार स्ट्राइकर नेइमार आफ्नो ठट्यौली व्यवहारका कारण साथीहरू माझ चर्चित छन्। उनी विश्व चर्चित स्ट्राइकर लिओनल मेसीसँग मात्र होइन, जोसँग पनि ठट्टा गर्न उस्ताद मानिन्छन्। अझ, बार्सिलोनाको टिममा को, कतिबेला नेइमारको ठट्टाको पात्र बन्ने हुन्? कसैलाई थाहा हुदैन। यसको पछिल्लो उदाहरण बनेका छन् डिफेन्डर गेरार्ड पिके। बार्सिलोनाको ड्रेसिङ रुममा हिडिरहेका पिकेको कान पछाडि २४ वर्षीय नेइमारले पड्काएपछि यतिबेला टिममा हाँसोको फोहरा छुटेका छ। तर, नेइमारको यो ठट्टा भने विश्व चर्चित गायिका साकिराका श्रीमान् पिकेलाई मन नपरेको भिडियो फुटेजबाट स्पष्ट देखिन्छ। नेइमारले यसअघि आफ्नै टोलीका अर्का स्टार स्ट्राइकर लुइस सुआरेज ठट्टा गर्ने क्रममा हातमा चुइगम टाँसिदिएका थिए। यस्तै, बार्सिलोनाको टिमको फोटो सुटिङ भइरहेको बेला अर्जेन्टिनी डिफेन्डर जाभियर मास्चिरानोलाई छेलेका थिए।

प्रकाशित : २३ पुस २०७३, शनिबार ००:००