११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

राजधानीमा एमालेको शक्ति प्रदर्शन



font-1काठमाडौं, २२ पुष । एमाले सहित नौ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक असंवैधानिक, जनविरोधी, एकता र सामाजिक सद्भाव विरोधी भएको भन्दै एमालेको नेतृत्वमा नौ दलले जनप्रदर्शन तथा आमसभा गरेका हुन् ।
प्रदर्शनीमार्गमा आयोजित सभालाई एमाले अध्यक्ष केपी ओली सहित सबै प्रतिपक्षि दलका प्रमुखहरुले सम्बोधन गरेका थिए । उनीहरुले एकै स्वरमा संविधान संशोधन विधेयक देशको अहितमा रहेको भन्दै कुनै हालतमा पारित हुन नदिने उदघोष गरे ।
राजधानीको विभिन्न ४० ठाउँबाट निस्किएको र्याली रत्नपार्कमा मिसिएको थियो । र्यालीको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । अन्य ८ दलका अध्यक्ष र एमालेका वरिष्ठ नेताहरु रत्नपार्कबाट र्यालीमा सहभागी भए ।
प्रदर्शनीमार्ग राष्ट्रिय सभागृह अगाडि सडकमै मञ्च बनाइएको थियो । सहभागीहरु सडक ढाकेर बसेका थिए । सडकमा नअटाएका सहभागीहरु भृकुटीमण्डप र राष्ट्रिय सभागृहको परिसरमा बसेका थिए ।

 जनप्रदर्शनका थप तस्विरहरु

amale-4

amale88

 

????????????????????????????????????

amale-66

????????????????????????????????????

प्रकाशित : २२ पुस २०७३, शुक्रबार ००:००