१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

आज विपक्षीको जनप्रदर्शन



amaleकाठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी एमालेसहित नौ दलले शुक्रबार राजधानीमा जनप्रदर्शन गर्दै छन् । सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक असंवैधानिक, जनविरोधी, एकता र सामाजिक सद्भाव विरोधी भएको भन्दै जनप्रदर्शन तथा आमसभा गर्न लागेका हुन् ।जन प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै नौ दलले व्यापक प्रचारात्मक तयारी गरेका छन् । पदर्शनमा व्यापक जनसहभागिता गराउन नौ दलले एसएमएस, प्रचार सामाग्री, रेडियो जिङ्गलदेखि युट्युब भिडियो समेत उपयोग गरेका छन् । । प्रमुख प्रतिपक्षि एमालेले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी प्रदर्शनको सबै तयारी भइसकेको बताए । जनपदर्शनमा सहभागी भएर राष्ट्रिय एकता, समृद्ध नेपाल र संविधान संशोधन विधेयकविरुद्ध एकता प्रदर्शन गर्न अपिल गरेको छ ।
४० ठाउँबाट जुलुस
जनप्रदर्शनमा डेढ लाख सहभागी उतार्ने दाबी गर्दै नौ दलले राजधानीका विभिन्न नौ मुख्य तथा ३२ सहायकसहित ४० स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन् । एमालेले रत्नपार्क, नेमकिपाले सुन्धारा, नेकपा मालेले मैतीदेवी, राजमोले अद्धैतमार्ग, परिवार दलले नागपोखरी, बहुजनशक्ति पार्टीले माइतीघर मण्डला तथा मधेस समता पार्टी, दलित जनजाति पार्टी, नेपाः पार्टीले रत्नपार्कबाट जुलुस निकाल्नेछन् । एमालेको जुलुस अन्य ३२ स्थानबाट १ बजे रत्नपार्क आइपुग्नेछ । जनप्रदर्शनलाई व्यवस्थित गर्न पाँच सय स्वयंसेवक परिचालन गरिएको छ ।

प्रकाशित : २२ पुस २०७३, शुक्रबार ००:००