१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

मुख्य खबर

सरकारद्वारा प्राधिकरण प्रमुख ज्ञवाली हटाइए



काठमाण्डौ । काम सन्तोष जनक नभएको भन्दै सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाउने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई हटाउने निर्णय गरेको हो ।
ज्ञवालीलाई हटाएर नयाँ सिइओ नियुक्ति गर्ने जिम्मा मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ ।
प्राधिकरणको काम प्रभावकारी नभएको भन्दै सरकारले गत हप्ता उनीसँग स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले बुधबार स्पष्टीकरण बुझाउँदै आफूले काम गरे पनि मन्त्रालयहरुले असहयोग गरेका कारण पुनर्निर्माण कार्यमा ढिलाइ भएको बताएका थिए ।

प्रकाशित : २१ पुस २०७३, बिहिबार ००:००