१३ आश्विन २०८०, शनिबार । September 30, 2023

Slider samachar

दुई वर्षीय बालकको बहादुरी



बालकले बहादुरीका साथ आफ्ना जुम्ल्याहा भाइको ज्यान बचाएका छन्। केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको सिसिटिभी फुटेजको भिडियोमा आफ्नै जुम्ल्याहा भाइलाई कसरी बचाएका छन् भनेर हेर्न सकिन्छ।

भिडियोमा दराजले किचिएका बालक पीडाले चिच्याइरहेका देखिन्छन् । कोठामा अरु कोही नभएको अवस्थामा उनका जुम्ल्याहा दाजुभाइलाई बचाउने प्रयासमा लाग्छन्।

पहिले उनी उपाय खोज्दै दराज वरिपरि घुमेको देखिन्छ। दराजलाई उठाउने प्रयास गर्छन् तर सक्दैनन्। अन्ततः दराज सर्न थाल्छ। र, चेपिएर छट्पटाइरहेका बालक बाहिर निस्कन्छन्।

बालकहरुका पिता रिकी सोफले सिसिटीभीमा कैद भएको भिडियो फुटेजलाई फेसबुकमा राखेपछि भाइरल भएको हो।

‘म यसलाई पोस्ट गर्न हिच्किचाइरहेको थिएँ । तर सचेतनाका लागि मात्र नभएर यो आफैंमा असाधारण भएकोले पोष्ट गर्नु उचित सम्झेँ । दुई दाजुभाईबीच रहेको आत्मिय सम्वन्धका लागि हामी अनुग्रहित छौं । तपाई पनि आफ्नो घरका फर्निचरहरु राम्ररी भित्तामा सेट भएका छन् भन्ने निश्चित गर्नुहोस,’ उनले फेसबुकमा राखेर भनेका छन्। हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=E83oLpOd7qg

प्रकाशित : २० पुस २०७३, बुधबार ००:००