१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

राशिफल

वि.सं. २०७३ साल पुस २१ गते। बुधबार। इश्वी सन् २०१७ जनवरी ४ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– षष्ठी, १२:२४ बजेउप्रान्त सप्तमी।



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

व्यापारमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि आफ्नो स्थान सबल बनाउन सकिनेछ। खर्च लागे पनि अहिलेको मेहनतले पछिलाई फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले समेत सहकार्यका हात अघि बढाउनेछन्। व्यवसायमा तत्कालको फाइदाभन्दा भविष्यको मुनाफा उच्च हुने देखिन्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सामान्य लाभ भए पनि श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। ठूलो भागको आशा राख्दा सुनिश्चित आम्दानी समेत गुम्न सक्छ। लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुनेछ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। शुभचिन्तकहरूको साथ लिएर काममा जुट्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

पुरुषार्थी काम प्रारम्भ हुनेछ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नैले समस्या निम्त्याउनेछन्, साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। व्यवसायमा प्रतिस्पर्धा गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

विभिन्न अवसर आउनुका साथै चुनौतीसमेत देखा पर्नेछन्। काम बिग्रने भयले सताउला। अस्वस्थताले चिताएको काम समयमा सम्पादन गर्न नसकिएला। तर अरूको स्वार्थमा खटिनुपरे पनि फाइदा आफूलाई समेत हुनेछ। आफ्ना लागि समय दिन नसकिए पनि काम देखाएर सहयोग जुटाउन सफल भइनेछ। लगनशीलताले पदीय जिम्मेवारी दिलाउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

समयमै सजग नहुँदा नचिताएको समस्या देखिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। उपचारमा खर्च हुने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गर्दा प्रशस्त फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिने सम्भावना छ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। तर, समय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। यात्राको प्रक्रियाले खर्च बढाउनेछ। प्रतिस्पर्धीसँग सम्झौता गर्नुपर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
स्वास्थ्यमा देखिएको कमजोरीले चिताएका काममा बाधा हुनेछ। पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। व्यापार–व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। वादविवादबाट टाढा रहनुहोला। बुद्धिको उपयोगले जटिल सोचिएको कामसमेत सम्पादन हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। आजको कामबाट पछिसम्म फाइदा पुग्न सक्छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। अध्ययनमा प्रगति गर्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। मिहिनेतले विभिन्न अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउलान्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने मेहनतले सम्मानित स्थान दिलाउनेछ। पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। अध्ययनमा प्रगति हुनेछ। सभा–समारोहमा सहभागी बन्ने अवसर जुट्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। अघिल्लो नतिजाले काममा हौसला जगाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। आवश्यक पर्दा सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धनलाभ हुने समय छ।

प्रकाशित : २० पुस २०७३, बुधबार ००:००