१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

सडक विस्तार पीडितको उपत्यका बन्द आंशिक प्रभाव



काठमाडौं, २० पुष । राजधानीमा भइरहेको सडक विस्तारको विरोधमा सडक विस्तारपीडित संघर्ष समितिले वुधबार आहृवान गरेको उपत्यका बन्दका कारण जनजीवन सामान्य प्रभावित भएको छ ।
संघर्ष समितिले सडक विस्तार गर्दा जग्गाको उचित मुआब्जा पाउनु पर्ने र भत्काइने घरको क्षतिपूर्ति पाउनु पर्ने माग गर्दै उपत्यका बन्द गरेको हो ।
उपत्यकाको सडकमा सार्वजनिक सवारी साधन अरु दिनको तुलनामा निकै कम गुडेका छन् । सार्वजनिक सवारी साधन नगुड्दा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । नीजि सवारी साधन भने निर्वात रुपमा गुडिरहेका छन् । उपत्यकाका बजार पसलहरु आंशिक रुपमा खुलेका छन् । सडकमा बिहानैदेखि बाक्लो सुरक्षा व्यवस्था गरिएको छ ।

प्रकाशित : २० पुस २०७३, बुधबार ००:००